पोखरामा २४ र २५ गते शैक्षिक परामर्श मेला
पाेखरा | असार २१, २०७९
पोखरा: पोखरामा सातौं संस्करणको वैदेशिक अध्ययन परामर्श सम्बन्धि वृहत शैक्षिक मेला हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ कास्कीले आगामी २४ र २५ गते पोखरा सभागृहमा आयोजना गर्ने आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
शैक्षिक मेलाका संयोजक युवराज पौडेलले असार २४ र २५ गते सञ्चालन हुने शैक्षिक मेलामा शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी तथा दक्ष परामर्शदाताहरुले विद्यार्थीलाई परामर्श दिने जानकारी दिए ।
उनका अनुसार दुई दिन चल्ने शैक्षिक मेलामा कुल ४० वटा स्टलबाट विभिन्न कलेज तथा विश्वविद्यालयको भर्ना प्रक्रिया, विद्यार्थी भिसा नीति एवम् अवसर र चुनौतीको बारेमा मनोपरामर्श ९काउन्सेलिङ० दिइनेछ ।
उनले उक्त दिन उच्च शिक्षा हाँसिल गर्न इच्छुक विद्यार्थीहरुलाई सम्बन्धित, आधिकारिक तथा प्रभावकारी सुचना एवं निशुल्क परामर्श दिइने बताए ।
उनका अनुसार सो शैक्षिक मेलामा अमेरिका, बेलायत, अस्ट्रेलिया न्युनिल्याण्ड, आयरल्यान्ड, जापान, नर्वे, फिनल्यान्ड, जर्मनी, डेनमार्क, फ्रान्स, दक्षिण कोरिया, भारत लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता सहित परामर्श दिनेछन् ।
उनले उक्त मेला गण्डकी प्रदेशकै ठुलो शैक्षिक मेलाको रुपमा आयोजना गर्न गइरहेको बताए । स्वदेश तथा विदेशस्थित कलेज तथा विश्वविद्यालयहरु साथै त्यहाँ प्राप्त हुनसक्ने छात्रवृत्ति सहुलियत, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने मुख्य लक्ष्य लिएको आयोजकले जनाएको छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

